लक्षित समूहका विद्यार्थीका लागि छात्रवृत्तिसम्बन्धी सूचना ।
प्रकाशित मिती: 2074-06-26
श्री सम्पूर्ण सामुदायिक विद्यालयहरु
सिरहा ।
प्रस्तुत विषयमा आ.व.०७४/७५ को वार्षिक कार्यक्रम अनुसार सामुदायिक विद्यालयको आधारभूत तह र माध्यमिक तहमा अध्ययनरत लक्षित समूह/लोपोन्मूख (संलग्न लिष्ट अनुसारका २२ जनजाति तथा सीमान्तकृत/लोपोन्मुख समूह एवम् मुक्त कमैया, हलिया, चरुवा र बादीका सन्ततिलाई समेत) का विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने प्रयोजनका लागि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको यसैसाथ संलग्न फर्मेट अनुसारको विवरण तयार गरी २०७४ कार्तिक २० गते भित्र विद्यालयगत फाईलमा संकलन गरी सम्बन्धित स्रोतकेन्द्रमा उपलब्ध गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।
...........................
बोधार्थ ः
श्री सबै स्रोतकेन्द्रहरु, सिरहा ः विद्यालयबाट प्राप्त फाईल सङ्कलन गरी
२०७४ कात्तिक २५ गतेसम्म जि.शि.का. सिरहामा उपलब्ध गराउनु हुन ।
