Need Help ?
Call: +977- 033520127

जिल्लाको बारेमा

जिल्ला शिक्षा कार्यालय सिरहामा स्वागत छ !!!

सिरहा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अञ्चलको दक्षिणी भूभागमा स्थित तराईको जिल्लाहरु मध्ये एक हो । देशान्तर र अक्षांशको आधारमा ८६°६ पूर्वीदेशान्तरदेखि ८६°२६ पूर्वीदेशान्तरसम्म र २६°३३ उत्तरीअक्षांश देखि २६°५५ उत्तरीअक्षांशसम्म अवस्थित यस जिल्लाको चौतर्फि सीमानामा पूर्वमा सप्तरी, पश्चिममा धनुषा, उत्तरमा उदयपुर र दक्षिणमा भारत देशको बिहार राज्यमा पर्ने मधुवनी जिल्ला पर्दछ । यस जिल्लाको उचाई समुद्र सतहदेखि ७६ मिटर (२४९.२८ फिट) देखि ८८५ मिटर (२९०३ फिट) सम्म रहेको छ । यस जिल्लाको क्षेत्रफल १२२८ वर्ग किलोमिटर (नेपालको कूल क्षेत्रफलको ०.८३४%) रहेको छ । यस जिल्लाको भौगोलिक विभाजन चुरे क्षेत्र (नगन्य), भावर प्रदेश र तराईको ९०% भन्दा बढी रहको छ ।

राजनीतिक विभाजनका आधारमा विकास क्षेत्र पूर्वाञ्चल, निर्वाचन क्षेत्र ६ वटा र ईलाका १७, न.पा.६ (सिरहा लहान मिर्चैया, गोलबजार, सुखिपुर र धनगढीमार्इ) र गाँउपालिका ११ रहेको छ । यस जिल्लामा पर्ने प्रमुख नदीनालाहरु कमला, घुर्मी, बलान, मैनावत्ति, खुट्टी, गागन, सहजा, बतहा, जिवा, भेडवा र डिम्मा आदि पर्दछ । भू–उपयोग(हेक्टरमा) खेतीयोग्य जमिनः ७१०११, (खेत–६५८१०, बारी–३६२४ र पाखो–१५७७), वनजङ्गल २७७०७.९५, ४७, चरन क्षेत्र १३१४.२, आवादी नभएको क्षेत्रः ७५८९, घडेरी तथा पोखरी–इनारः ६४३१.९५, नदीनाला तथा अन्यः ८७४२.८ रहेका छन् । यहाँका हावापानी उष्ण प्रदेशीय हावापानी, गृष्मकालीन तापक्रमः ३२ देखि ४५ डिग्री सेल्सियस, शीतकालीन तापक्रमः ८ देखि २० डिग्री सेल्सियस, वर्षाः औसत १४६७ देखि १५५९ मिलिलिटर सम्म (८०% मनसुनी वर्षागृष्म ऋतुमा) छन् । यहाँका जनसंख्या तथा जातीगत विवरणमा जनसङ्ख्याः ६,४३,१३६ (पुरुष ३,१३,१९२, महिला ३,२९,८४४–राष्ट्रिय जनगणना २०६८) औसत आयुः ५६.१, प्रतिव्यक्ति सरदर आयः ९,२५७ रुपैयाँ रहेको छ भने यहाँ यादव ११.८१%, कोइरी ७.७६%, मुश्लिम ६.५८%, तेली ५.०६%, ब्राह्मण ४.७०%, क्षेत्री ४.३६%, तामाङ ३.८४%, नेवार ३.८३%, चमार ३.२१%, थारु ३.१८%, पासवान ३.०८%, र कलवार २.६१% को बसोबास रहेको छ । यहाँका शैक्षिक विवरणमा सामुदायिक विद्यालय ४४१ रहेका छन् । जसमध्ये प्रा.वि.३१३, नि.मा.वि.५४, मा.वि.३४, उ.मा.वि.३८ र क्याम्पस २ वटा रहेका छन् र साक्षरता प्रतिशत ४६ रहेको छ । भाषिक रुपमा मैथिली भाषी बढी छन् भने अन्य भाषाभाषीमा नेपाली, थारु, तामाङ्ग, राई, मगर र झाँगड आदि रहेका छन् । मूल पेशा कृषि हो भने धान, गँहू, मकै, दलहन, र नगदे बालीमा फलफूल, उँखु, सूर्ती आदि प्रमुख बालीहरु छन् । पशुपंक्षि, माछा र मौरी पालनलाई पनि कृषिसँग मिश्रित आम्दानीको स्रोत बनाइएको पाइन्छ । नोकरी र व्यापार व्यवसायलाई पनि आम्दानीको स्रोतको रुपमा लिइन्छ । रोजगारीको खोजीमा विदेश जानेको संख्या समेत दिनानुदिन बढ्दै गएको पाइन्छ ।